कालोम्बो । श्रीलंकामा आर्थिक–राजनीतिक संकट गहिरिँदै गएको छ । श्रीलंकामा प्रदर्शनकारी सुरक्षा घेरा तोडेर प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । यी मानिसहरूले प्रधानमन्त्री रनिल विक्रमासिंघेको राजीनामा पनि मागिरहेका छन्। रनिल विक्रमासिङ्घेको निजी निवासमा पनि आन्दोलनकारीले आगजनी गरिसकेका छन् ।
यसैबीच गोटाबाया राजपाक्षे देश छाडेर माल्दिभ्स गएका छन् । जसले जनतामा आक्रोश छाएको छ । गोटाबायाले सिंगापुरमा शरण मागेको खबर छ । उनले अहिलेसम्म राजीनामा नदिएपछि आक्रोशित जनताले आज संसद भवन र प्रधानमन्त्री भवन घेराबन्दी गरेका छन् । यसैबीच श्रीलंकामा हाल संकटकाल लगाइएको छ ।
मंगलबार माल्दिभ्स पुगेका गोटाबाया राजापाक्षे अब आज साँझ सिङ्गापुर उड्ने खबर छ । माल्दिभ्सका समाचार आउटलेटहरूले रिपोर्ट गरे अनुसमार पूर्व राष्ट्रपति राजापाक्षे सिंगापुर एयरलाइन्सको उडानमा प्रस्थान गर्नेछन् । उनी बुधबार साँझ प्रस्थान गर्ने कार्यक्रम छ।
समाचार स्रोतहरुका अनुसार राजपाक्षे हाल माल्दिभ्सको वाल्डोर्फ एस्टोरिया इथाफुशीको रिसोर्टमा बसेका छन् ।
श्रीलंकाको संसदका सभामुख महिन्दा यापा अभयावर्धनेले बुधबार जानकारी दिए अनुसार राष्ट्रपति गोटाबाया राजापाक्षेले टेलिफोनमा आफूले वाचा अनुसार आज राजीनामा दिने बताएका थिए । सरकार विरोधी प्रदर्शनपछि राजीनामा दिनुअघि गोटाबाया राजापाक्षे माल्दिभ्स भागेका थिए ।
यसैबीच, श्रीलंकाली मिडियाका अनुसार राष्ट्रपति गोटाबायाले सिंगापुरमा शरण मागेका छन्। कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो विशेष विज्ञप्तिमा शान्ति सुरक्षा र स्थितिलाई सामान्य बनाउन तीनवटै सेनाका प्रधानसेनापति, प्रहरी महानिरीक्षक र कमाण्डरको समिति गठन गरिएको जानकारी दिएका छन् ।
-एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच