-युवराज पौडेल
स्याङ्जा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्नो कामप्रति कसैलाई शङ्का छ भने सम्बन्धित निकायबाट छानविन होस् भन्दै गलत गरेको भए कठघरामा उभिन तयार रहेको बताउनुभएको छ । गण्डकी प्रदेश सभामा सांसदहरुका प्रश्नको उत्तर दिँदै मन्त्री श्रेष्ठले जनताको सेवक जनतासँग नै रहने तथा विकासका लागि सबैंको सहयोग र हातेमालोको आवश्यकता पर्दछ भन्ने मूल मर्मलाई आफूले सधैं आत्मसात् गरेको बताउनुभयो ।
गण्डकी प्रदेश सभामा बोल्दै मन्त्री श्रेष्ठले आफ्ना आमाबाबु कुनै ठुलो राजनीतिकर्मी र नेता नभएको बरु समाजसेवामा समर्पित व्यक्ति भएको बताउनुभएको छ । गण्डकी प्रदेशको संसदमा सांसदहरुको प्रश्नको उत्तर दिँदै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘मेरो बुबा ठुलो राजनीतिकर्मी हुनुहुन्थेन, नेता पनि हुनुहुन्थेन तर समाजसेवक हुनुहुन्थ्यो । मेरा बुबाले बनाउनुभएको चौतारी, पार्टी पौवाहरु अहिले पनि जीवितै तर जीर्ण अवस्थामा छन् ।’ उहाँले भन्नुभयो, ‘१८९८ सालमा व्यावसायिक सिलसिलामा धेरै ठाउँमा जाँदा मेरा बुबाले बनाएका पार्टी पौवाहरु अहिले पनि जिवीतै छन् । कृपया, प्रश्न उठाउने पत्रकार सामाजिक सन्जालका मित्रहरु, बुद्धिजीवीहरुलाई यो कुरा अवगत गराउँछु ।’
मन्त्री श्रेष्ठले इतिहासलाई कसैले नकार्न नसक्ने भन्दै अग्रजहरुलाई सम्मान गर्नका लागि पछि पर्नु हँदैन भन्ने आफ्नो दृढ सङ्कल्पित विचार रहेको बताउनुभयो । उहाँले गुरु पूर्णिमाको सन्दर्भ उल्लेख गर्दै भन्नुभयो, ‘गुरु गुरुमात्र होइन, बाबुआमालाई पनि गुरुसरह मान्नुपर्छ भन्ने मेरो पूर्ण विश्वास छ ।’ आफ्ना विषयमा सामाजिक सन्जालमा अनर्गल प्रचार भएकाले तथा आफ्ना बाआमाकाप्रति आएका कुराहरुलाई स्पष्ट पार्न चाहेको बताउनुभयो ।
उहाँले आफूले ट्रष्टलाई विनियोजन गरेको रकम अक्षयकोषलाई नराखिएको भन्दैं सम्बन्धित संस्थामा आफू र आफ्नो परिवारका कुनै पनि व्यक्ति सदस्य नरहेको समेत बताउनुभयो । स्याङ्जाको भीरकोटमा रहेको १०० शैयाको भीरकोट नगर अस्पताल नजिकै सामुदायिक भवनको आवश्यकता महसुस भएकाले त्यसका लागि रकम विनियोजन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भीरकोट अस्पतालसँग जोडीएको मेरा बुबा आमाका नाममा रहको जग्गामा सामुदायिक भवन बनाएर त्यहाँ आउने बिरामीका आफन्तहरु बस्न वा त्यस्ता विभिन्न सामाजिक कामाका लागि भनेर रकम विनियोजन गरेको थिएँ ।’ त्यो सामाजिक कामकै लागि राखिएको तर जनताले त्यसप्रति प्रश्न उठाएकाले आफूले तत्कालै उक्त विनियोजित रकम त्यसका लागि उपयोग नगर्ने बताएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरो व्यक्तिगत सम्पतिबाट र मैले आर्जन गरेको तथा मेरो परिवारको सम्पत्तिबाट त्यो भवन बनाउने घोषणा गर्न चाहन्छु ।’
गण्डकी प्रदेश सभामा बोल्दै मन्त्री श्रेष्ठले आफू नेपाली जनताका लागि र सेवाका लागि राजनीति गरेको वफादार काङ्ग्रेस कार्यकर्ता भएको भन्दै राजनीतिलाई आफूले सेवाका रुपमा मात्र बुझेको धारणा राख्नुभयो । सामाजिक सन्जालहरुमा तथा मिडियाहरुमा धेरै विद्वान् व्यक्तित्वहरुले कुरा उठाएकाले आफूले यस सम्बन्धमा स्पष्ट पार्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘१२ वर्षदेखि त्यो संस्थाले पढ्न नपाएकाहरु, सानो पाइपका कारण खानेपानी नपाएकाहरु, छाना नभएर बर्षामा भिज्न परेकाहरुलाई त्यस्ता कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको थियो र छ ।’
उहाँले आफ्नो व्यक्तिगत कमाइबाट आउने केही प्रतिशत नाफा र आफ्नै बुबाले सिर्जना गर्नुभएको, स्थापना गर्नुभएको सुन्तलाबारीको कमाइ त्यो कार्यक्रमका लागि छुट्टाएर अनवरत रुपमा जनताका लागि, समाजका लागि, दीनदुःखीका लागि सेवाका कामहरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । संसदमा बोल्दै मन्त्री श्रेष्ठले कुनै भावनामा बहकिएर आफ्ना बाबुआमाका कारणले नाम जोडिएको तथा कसैको भावनामा यसले असर पु¥याएको भए त्यसप्रति क्षमा माग्न चाहेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले जनताका लागि राजनीति गरेको हुँ । सेवा नै धर्म हो, कर्म नै विकास निर्माण हो ।’ उहाँले कमजोर हुँदै गइरहेको आफ्ना बाबुआमाप्रतिको कर्तव्यका सम्बन्धमा समाजिक सन्जाल र मिडिया मार्फत् आफूलाई सचेत बनाएकोमा खबरदारी गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच