चीनमा ४२ करोड ८० लाख फाइभ-जी मोबाइल प्रयोगकर्ता

हिमालय टाइम्स
Read Time = 2 mins

बेजिंग । चीनमा मे महिनाको अन्त्यसम्ममा फाइभ-जी मोबाइल प्रयोगकर्ताको संख्या ४२ करोड ८० लाख पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी)ले जनाएको छ । मन्त्रालयका अनुसार मेको अन्त्यसम्म १७ लाख फाइभ-जी बेस स्टेशनहरू सुरु गरेको थियो ।
सुधारिएको सञ्जाल पूर्वाधारले डिजिटल अर्थतन्त्रको विकासको लागि बलियो जग खडा गरेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

प्रविधिलाई जीवनका सबै क्षेत्रमा व्यापक रूपमा लागू गरिएको र त्यसले उत्पादन उद्योगको डिजिटल रूपान्तरणलाई बढावा दिएको मन्त्रालयले बताएको छ । फाइभ-जी औद्योगिक आधारलाई थप सुदृढ गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्रालयलले जनाएको छ ।

यता स्विडेनको बहुराष्ट्रिय प्रविधि कम्पनी इरिक्सनले आगामी पाँच वर्षभित्र विश्वको आधा जनसंख्याको पहुँचमा फाइभ-जी प्रविधि पुग्ने बताएको छ । प्रारम्भिक समयमै तीव्र गतिमा यो प्रविधि फैलनु र प्रयोगकर्ताको उत्साहका कारण फाइभ-जी प्रविधि चाँडौ विश्वमा पुग्ने इरिक्सनको विश्लेषण छ । इरिक्सनले भनेको छ, ‘सन् २०२४ सम्म ४५ प्रतिशत जनसंख्याले फाइभ-जी प्रविधि प्रयोग गरिसक्नेछन् ।’

फाइभ-जी अत्याधुनिक प्रविधि हो । यसबाट तीव्र क्षमताको इन्टरनेट सुविधा, आर्टिफिसियल इन्टलिजेन्सको सुविधा प्राप्त हुनेछ । विश्वमा यतिबेला फाइभ-जी प्रतिस्पर्धा चलिरहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?