दर्शकको नजरमा पर्दै ‘नेपाल्स सिंगिङ सुपरस्टार’

Read Time = 4 mins

काठमाडौं । पछिल्लो समय नेपालमा पनि थुप्रै रियालिटी शो सञ्चालनमा छन् । गायन, डान्सिङ तथा कमेडी रियालिटी शोहरूले टेलिभिजन भरिएको छन् । नाम चलेका प्रायः टेलिभिजनमा एकदेखि दुई रियालिटी शो प्रसारण गरिरहेका छन् । फ्रेन्चाइज होस् या मौलिक यतिबेला रियालिटी शो हेर्ने नेपालीको जमात पनि टन्नै छ ।

यसैबीच हालसम्म जम्मा ६ एपिसोड प्रसारण भएको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’ पनि इमेज टेलिभिजनमार्फत प्रसारण भइरहेको छ । ‘ब्याटल अफ दि स्टार्स’को रूपमा हरेक हप्ताको आइतबार र सोमबार पौने ८ बजे प्रसारण भइरहेको यो कार्यक्रम निर्माण कम्पनीले आफ्नो कार्यक्रम छोटो समयमा रियालिटी शो प्रेमीमाझ लोकप्रिय बन्न सफल भएको बताएको छ ।

‘नेपाल्स सिंगिङ सुपरस्टार’ मा अन्य रियालिटी शो मा भाग लिइसकेका गायक गायिका र पाँच वर्षदेखि संगीत साधनामा लागेका गायक गायिकालाई मात्रै छनोट गरिनु, निर्णायकको रूपमा दर्शकहरू माझ चर्चित र प्रतिष्ठित निर्णायक सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरूपराज आचार्य र मिलन नेवार रहनुलाई सफलताको पहिलो कडी निर्माण टिमले मानेको उक्त शो निर्देशक रवि श्रेष्ठले बताउनुभएको छ ।
कार्यक्रममा प्रस्तोताको रूपमा टेलिभिजनको पर्दामा स्थापित होष्ट विवेकसिंह ठकुरी र केन्जल मेहर श्रेष्ठ हुनुहुन्छ । हालसम्म प्रसारण भएका एपिसोडहरूमा प्रतिस्पर्धीहरूको गायन क्षमता पनि आकर्षणको अर्को कारण बनेको रियालिटी शोको पारखीहरूको धारणा छ ।
व्याटल अफ दि स्टार्स ट्याग लाइन लिएर आएको र सेन्सोडाइनले शीर्षक प्रायोजन गरेका नेपाल्स सिंगिग सुपरस्टार कुनै पनि विदेशी रियालिटी शोको फ्रेन्चाइज होइन ।

निर्देशक श्रेष्ठले आफ्नो कार्यक्रमलाई नेपालको मौलिक रियालिटी शो बताउनुहुन्छ । सुरजलाल जोशी प्रोजेक्ट हेडको रूपमा रहेको, विदुर पाण्डे प्राविधिक हेड रहेको यो कार्यक्रम इमेज एच.डी.टेलिभिजनसँगै युट्युबमा ओएसआर रियालिटीमार्फत प्रसारण भइरहेको छ । ३२ एपिसोडसम्म चल्ने यो प्रतियोगिताका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यद्यपि पछिल्लो समय रियालिटी शोहरूको क्रेज भने घट्दै गएको देखिन्छ । नेपालमा सांगीतिक रियालिटी शोहरूको जब सुरुवात थियो त्यो समयको क्रेज र अहिल हेर्ने हो भने शो हेर्ने दर्शकमा ठूलो गिरावट छ । कुनै पनि एक इपिसोड युट्युबमा हेर्नेको संख्या १ मिलियनभन्दा बढी हुन्थे तर पछिल्लो समयका रियालिटी शोहरूको एउटा इपिसोडलाई दुईदेखि तीन लाखले हेर्न पनि मुस्किल परेको देखिन्छ । ‘नेपाल्स सिंगिङ सुपरस्टार’ को कुरा गर्नेहो भने प्रत्येक इपिसोड ३ लाखको औसतमा हेरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?