हुम्लाका खेलाडीलाई खेल सामाग्री सहयोग

हिमालय टाइम्स
Read Time = 1 min

हुम्ला । हुम्लामा फुटबल सिक्दै आएका खेलाडीलाई खेल सामाग्री सहयोग गरिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका-४ का रमेश महर्जनले फुटबल खेलाडीलाई खेल सामग्री सहयोग गर्नुभएको हो ।

महर्जनले हुम्ला आएर खेल सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले २१ खेलाडीलाई जर्सी, १७ थान फुटबल, ११ थान प्याड र प्रशिक्षणका लागि चाहिने चारवटा पोल सहयोग गर्नुभएको हुम्ला फुटबल ऐकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिनुभयो । सिमकोट तल्लो बजारस्थित सिमसार क्षेत्रको धुलाम्मे मैदानमा खेलाडी विनाजर्सी अभ्यास गर्दैआएका थिए ।

यस्तै गोल नेपालले उपलब्ध गराएको फुटबल सामाग्री पनि खेलाडीलाई वितरण गरिएको छ । हाल जिल्लाका १३ वर्षभन्दा कम उमेरका खेलाडीले फुटबल प्रशिक्षण लिइरहेका छन् । हुम्ला फुटबल एकेडेमीले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गरेको हो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?