सत्ता स्वार्थका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ले बालकुमारी घटनालाई डिजाइन भनेको नेता रावलको आरोप

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एमाले) का नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको ध्यान अन्यत्र मोड्न बालकुमारी घटनालाई डिजाइनको संज्ञा दिएको आरोप लगाउनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमकार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको सभामा दुई जना युवाको हत्या हुनेगरी भएको बालकुमारी घटना डिजाइन हुनसक्ने आशंका व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डको सोही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै नेता रावलले सो डिजाइन कसले, किन र कसरी गरेको हो भनेर प्रष्ट रुपमा भन्नुपर्ने बताउनु भएको हो ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेताा रावलले प्रधानमन्त्री प्रचण्डलाई गिरिजाको प्रशंसकको संज्ञा दिँदै कोइरालाकै शैली अपनाएको आरोप लगाउनु भएको छ ।

साथै, उहाँले प्रधानमन्त्री प्रचण्डले उक्त घटनालाई डिजाइनको संज्ञा दिएर जनताको ध्यान मोडी भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका बेला स्वेच्छाचारी निर्णय र सम्झौता गर्ने ‘डिजाइन’ त होइन ? भनी आशंका व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?