काठमाडौं । ज्ञानगुन प्रकाशनले एकैपटक छ पुस्तकको लोकार्पण गरेको छ । स्वर सम्राट नारायणगोपाल स्मृति विशेषांक-३ सहित तीन अंक ज्ञानगुनका कुरा र तीन अंक न्यायको लोकार्पण गरिएको हो । ज्ञानगुनका कुराका तीन अंकमा स्वरसम्राट नारायण गोपाल स्मृति विशेषांक-३, साहित्यकार विनोद दीक्षित स्मृति अंक-२ र डा.महेशराज पन्त अंक-२ लोकार्पण गरिएको हो भने न्यायअन्तर्गत टोपबहादुर सिंह अंक-३, प्रकाश वस्ती अंक-३ र सुवास नेम्वाङ स्मृति अंक-२ लोकार्पण गरिएको हो ।
ज्ञानगुन प्रकाशनका प्रधानसम्पादक शेषराज सिवाकोटीद्वारा प्रकाशित छवटै पुस्तकमा नेपाली साहित्य, संगीत तथा कानुनका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूको बारेमा विभिन्न लेखकद्वारा लेखिएका लेखहरूलाई समेटेर प्रकाशन गरिएको छ ।
नारायण गोपाल अंकमा २१ जना लेखकहरूले नारायण गोपालका विभिन्न आयाम बारे प्रकाश पारेका छन् । त्यस्तै इतिहासविद् डा.महेशराज पन्तका बारेमा पनि चारजना लेखकले उहाँका विभिन्न आयाम बारे प्रकाश पारेका छन् । विनोद दीक्षितका बारेमा उहाँको साहित्यिक रूपसँगै अन्य आयाम बारे दश जना लेखकहरूले प्रकाश पारेका छन् ।
न्यायअन्तर्गत प्रकाशित तीन पुस्तकमध्ये पूर्वन्यायाधीश टोपबहादुर सिंहको दशजना लेखकहरूको लेखसहितको तेस्रो अंक प्रकाशित भएको छ । त्यस्तै, पूर्वन्यायाधीश प्रकाश वस्तीका बारेमा प्रकाशति पहिलो अंकमा आठवटा लेखकका लेखहरू समावेश गरिएको छ । सुवास नेम्वाङ स्मृति अंक-२ मा भने ११ जना लेखकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई वरिष्ठ अधिवक्ताका रूपमा प्रकाश पारेका छन् ।
ज्ञानगुन प्रकाशन विगत ३७ वर्षदेखि नेपाली वाङ्मयको सेवामा समर्पित रहँदै आएको छ । यसले नेपाली साहित्यका क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूका बारेमा विभिन्न स्मृति अंकहरू प्रकाशन गर्दै आइरहेको छ । साथै जीवित स्रष्टाहरूप्रति सम्मानस्वरूप जीवित स्रष्टाका जीवनबारे लेखिएका विभिन्न लेखकहरूको संगालोको रूपमा विभिन्न अंक प्रकाशन गर्दै आएको छ । उक्त प्रकाशनका प्रमुख शेषराज सिवाकोटी पूर्वन्यायाधीश हुनुहुन्छ । उहाँले आफ्नो व्यक्तिगत श्रम र खर्चमा विभिन्न विधामा योगदान दिने व्यक्तिहरूका बारेमा विभिन्न पुस्तक ज्ञानगुन प्रकाशनमार्फत प्रकाशन गर्दै आउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच