नराकोटमा वाणिज्य बैंकको काउण्टर

हिमालय टाइम्स
Read Time = 2 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको प्रशासकीय केन्द्र नराकोटमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालनमा आएको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सिंजा गाउँपालिकाको प्रशासनिक भवनमा काउण्टर स्थापना गरी शुक्रबारदेखि सेवा सुरु गरेको राष्ट्रिय वाणिज्य बैंक जुम्ला शाखा सहायक प्रबन्धक भवानीप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

सिंजा काउण्टरले विशेषगरी हिमा, सिंजा, कनकासुन्दरी र तिला गाउँपालिकाका नागरिकलाई सेवा लिन सहज हुने भएको छ । छिमेकी जिल्ला मुगु, कालिकोटदेखि बाजुरा जिल्ला सीमा क्षेत्रका नागरिकले राजस्व, पेन्सनदेखि अन्य बैंकिङ सेवा लिन सिंजामै राष्ट्रिय वाणिज्य बैंकको काउण्टर शाखा विस्तार गरिने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

नौ महिनाको प्रयासपछि वाणिज्य बैंकको काउण्टर स्थापना भएकोे सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । उहाँले भन्नुभयो, ‘सिंजा क्षेत्रका नागरिकले राजस्व कर तिर्न दुइ/तीन दिन लगाएर सदरमुकाम खलंगा पुग्नुपर्ने अवस्था थियो, अब त्यो बाध्यता हटेको छ । सिंजालगायत अन्य ठाउँका नागरिकलाई सेवा लिन सहज भएको छ । बैंकलाई निःशुल्करूपमा कार्यालय व्यवस्थापनका लागि पालिकाको भवन दिएको गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो । सिंजा काउण्टर सुरु भएको दिनमा ५० जनाले सेवा लिएको सिंजा काउण्टरका वरिष्ठ सहायक धु्रवकुमार वलीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?