एनएमबीलाई थप दुई करोड ५० लाख डलर

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बिआइआई) बाट दुई करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ । एनएमबी बैंक बिआइआईबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

आन्तरिक स्रोतले मात्र हाल बजार माग धान्न नसकिरहेको अवस्थामा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने बैंकले जनाएको छ । एनएमबी बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले ऊर्जा क्षेत्रमा कार्यरत परियोजना लाभान्वित हुनुका साथै बैंकले लिएको दिगो बैंकिङ अवधारणालाई एक कदम अगाडि पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?