यू-१९ एसिया कप : भारतविरुद्ध नेपाल ५२ रनमा अलआउट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जारी एसीसी यू-१९ एसिया कपमा भारतविरुद्ध नेपाल ५२ रनमा अल आउट भएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपाल केवल २२.१ ओभरमा अल आउट हुँदै ५२ रन मात्र बनाएको हो ।

यो यू-१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा कम योगफल हो । यसअघि नेपालले सन् २००८ मा वेस्ट इन्डिजविरुद्ध ७४ रन मात्र बनाएको थियो ।

भारतविरुद्ध यस खेलमा नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न भारतका राज लिम्बानीले सात विकेट लिए । राजले ९.१ ओभर बलिङ गर्दै तीन मेडनसहित १३ रन दिएर ७ विकेट लिएका थिए । त्यसैगरी आरध्य शुक्लाले २ र अर्सिन कुलकर्णीले एक विकेट लिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?