काठमाडौं । नेकपा (एमाले) की सांसद गंगा चौधरी सत्गौवाले वैवाहिक अंगिकृत नागरिकताको प्रावधानलाई कठोर बनाउनुपर्ने बताउनुभएको छ ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको सामान्य छलफलमा भाग लिँदै सांसद चौधरीले वैवाहिक अंगिकृत नागरिकहरुलाई सात वर्षे प्रावधान हटाएकोप्रति आपत्ति जनाउनु भयो ।
उहाँले सरकारले राजनीतिक अभिष्ट पूरा गर्नका लागि सो प्रावधान झिकेको हो भन्ने प्रश्न समेत गर्नुभयो ।
उहाँले देशलाई फिजिकरण बनाउनको निम्ति नागरिकतालाई खकुलो पार्न खोजिएको आरोप लगाउनु भयो । उहाँले वैवाहिक अंगिकृतले सहजै नागरिकता पाउने अवस्था आएमा संसदभित्र छिरेर नेपालको प्रतिकुलको कानून बनाउने भन्दै आशंका गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक अभिष्ट पूरा गर्नका लागि देशलाई फिजिकरण बनाउनको निम्ति आज नागरिकतालाई खुकुलो पार्न खोजिएको छ । विदेशी चेली यो संसदभित्र हामीले तिनीहरुको हविगत पनि देख्यौँ । देशमाथि धावा बोलेको कुरा पनि हे-यौँ । तर त्यो कुरा हामीले यति चाँडै बिर्सिनुहुन्छ भन्ने कुरा मलाई लागेको थिएन । देश फिजिकरण नबनाऔँ । नागरिकतालाई अलि कठोर बनाऔँ । तर वैवाहिक अंगिकृतबाट जन्मिएका छोराछोरीहरुलाई नागरिकताबाट वञ्चित नगरौँ । संविधानको भाग २ धारा १० मा व्यवस्था गरेको छ, कुनैपनि नेपाली नागरिकहरुलाई नागरिकताबाट वञ्चित गरिने छैन भन्नेकुरा लेखिएको छ । तर त्यो प्रावधान रहँदा रहँदै वैवाहीक अंगिकृत नागरिकहरुलाई आउने बित्तिकै यदी नागरिकता दियौँ भने चिनियाँ १० हजार चेलीहरु आज नेपाली भाषा सिक्दैछन् । भोलिको दिनमा हाम्रो नागरिकता प्राप्त गरेभने, हाम्रो छोराहरुसँग विवाह गरेर आएभने, तिनीहरुलाई प्रत्यक्ष सदनभित्र छिर्ने अवसर प्रदान ग¥यो भने तिनीहरु हाम्रो देशको बारेमा कानून लेख्छन् ? कि विदेशको बारेमा कानून बनाउँछन् ? यो कुरा गम्भिरतापूर्वक सोच्नु जरुरी छ ।’
उहाँले विदेशी चेलीहरुले विगतमा संसद भित्रैबाट देशमाथि धावा बोलेको भन्दै टिप्पणी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच