प्रचण्डको भारत भ्रमण आज : मोदीसँग आइतबार, नड्डासँग शनिबार वार्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै हुनुहुन्छ। उहाँ तीनदिने भ्रमणका लागि भारत जान लाग्नुभएको हो ।

उहाँ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा भारत जान लागेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

भारतमा रहँदा प्रचण्डले भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता गर्ने कार्यतालिका छ । यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ ।

तीन दिने भारत भ्रमणको क्रममा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच पनि भेटवार्ता तय भएको छ । यस्तै, भारतका विदेश मन्त्री डा.. एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उहाँको भेट हुने कार्यक्रम रहेको छ । स्रोतका अनुसार आइतबार बिहान मोदीसँग उहाँकै निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यस्तै, दिल्लीस्थित नेपाली राजदूतावासले प्रचण्डको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछ । प्रचण्ड दिउँसो १ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण हुन लागेको हो। वाम एकताका लागि जोड दिएको चिनियाँ टोलीको भ्रमण लगत्तै उहाँ भारत भ्रमणमा जानुलाई अर्थपूर्ण मानिएको छ।

प्रचण्ड साउन १ गते स्वदेश फर्किनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?