संक्रमणकालीन न्यायसम्बन्धी आयोगका म्याद थप गर्ने सहमति

Read Time = 2 mins

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका समयावधि थप गर्ने विषयमा सहमति जुटेको छ । गठबन्धन दलका शीर्ष नेताको आज भएको बैठकमा सो सहमति जुटेको हो ।

बैठकमा समयावधि सकिन लागेका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्ने विषयमा सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पोखरेलले जानकारी दिनुभयो । दुवै आयोगको समयावधि शनिबारसम्म मात्र रहेको र त्यससम्बन्धी विधेयक आजै टेबुल गरिनेछ ।

यसैगरी बैठकमा नागरिकतासम्बन्धी विधेयकमाथि समेत छलफल भएको उहाँले बताउनुभयो । बैठकले सहमति गरी नागरिकतासम्बन्धी विधेयक पारित गर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बसेको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठ, जनमोर्चाका उपाध्यक्ष पोखरेललगायत हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?