काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्ज हुने भएका छन् । दुवै कम्पनीले बिहीबार एक कार्यक्रमबीच प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ । कम्पनीको अध्यक्षमा प्रभु लाइफका सुभाव अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफका रमेशकुमार भट्टराई रहनुहुनेछ ।
मर्जका क्रममा स्वाप रेसियो १ः१ हुने बताइएको छ । हाल प्रभु लाइफको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको दुई अर्ब १० करोड रुपैयाँ रहेको छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी चार अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच