‘मिरा’ मा समलिंगीको प्रेम कथा

Read Time = 2 mins

काठमाडौं । सर्ट फिल्म ‘मिरा’ दी टेल्स अफ लाइफ निर्माण भएको छ । चलचित्रमा समलिंगीको प्रेम कथा देख्न सकिन्छ । सोही सर्ट फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । युट्युब च्यानल अश्भी फिल्मस्बाट सार्वजनिक गरिएको ट्रेलरलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गर्नुभएको हो ।

पेशाले सफ्टवेयर इन्जिनियर रहे तापनि कला क्षेत्रका साथै दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस फिल्मको निर्माण गर्नुभएको हो । फिल्मको कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली फिल्म क्षेत्रलाई चुनौती दिँदै आफू यस क्षेत्रमा आएको निर्देशक पण्डित बताउनुहुन्छ ।

भोलिका दिनमा पनि अन्य फिल्मको निर्माण तथा निर्देशन गरी दर्शकलाई नयाँपन दिँदै यसै क्षेत्रमा सक्रिय भएरअघि बढ्ने उहाँको भनाइ छ । फिल्ममा उहाँको अभिनय देख्न सकिन्छ । साथै फिल्ममा कलाकार अर्नभी ढुंगाना, मौसम खड्का र अभिषेकको अभिनय छ । अनिल कटुवालको छायांकन रहेको फिल्ममा विजेश पौडेलले सम्पादन तथा कलरिङ् छ । फिल्मको साउण्ड डिजाइन सञ्जल भण्डारीको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?