तिन प्रतिशतले घट्यो नेपाल टेलिकमको सेवा दस्तुर

Read Time = 1 min

काठमाडौ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महशुलमा आज आइतबारदेखि नयाँ दर लागू हुने भएको छ ।

नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुनेगरी १० प्रतिशतमा झारेर नयाँ दर लागू गरिएको हो ।

टेलिकम कार्यालयका अनुसार हाल उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महशुलमा समेत यसअघि लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ ।

यसैगरी साउन १ देखि समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?