भलिबल प्रशिक्षण स्थगित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रशिक्षण रोक्न भनेका कारण प्रशिक्षण स्थगित गरिएको जनाउनुभएको छ ।

चीनमा आयोजना हुने १९औँ संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) का लागि पहिलो चरणको बन्द प्रशिक्षणअन्तर्गत महिला टोली बन्द प्रशिक्षणमा रहेका थिए । महिला भलिबल टोलीले जेठ ३० गतेबाट बन्द प्रशिक्षण सुरु गरेको थियो ।

पहिलो चरणमा २४ खेलाडीको प्रशिक्षण सकिएको थियो । राखेपले महिला भलिबलसँगै एसियन गेम्समा सहभागी हुने सबै २३ खेलको बन्द प्रशिक्षण सुरु गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?