काठमाडौं । सेयर बजार ९.१९ अंकले बढेर २०३६.०१ अंकमा पुगेको छ । मंगलबार चार अर्ब १४ करोड ३७ लाख ८३ हजार नौ सय ८९ रुपैयाँ बराबरका ९७ लाख ८९ हजार चार सय १६ कित्ता सेयर कारोबार भएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १८ करोड आठ लाख १० हजार रुपैयाँको सेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको १६ करोड पाँच लाख, हिमालयन रि इन्स्योरेन्स १५ करोड ४५ लाख, नेपाल फाइनान्स १५ करोड ३६ लाख र पोखरा फाइनान्सको १० करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । कारोबार कित्ताका आधारमा तीन लाख ६१ हजारसहित सूर्यज्योति लाइफ र कारोबार संख्याका आधारमा चार हजार एक सय ६१ सहित हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेका छन् ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये फाइनान्स समूहगत सूचक उच्च अंकले बढेको छ भने वित्त समूह २.७९ प्रतिशतले बढेको छ । अन्य समूहको सूचक २.४२ र निर्जीवन बिमा समूह १ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधनमूलक सर्वाधिक १.४६ प्रतिशतले घटेको छ । लघुवित्त १.१४ र होटल तथा पर्यटनमूलक ०.६८ प्रतिशतले घटेको छ । मंगलबारको बजारमा जानकी फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
इमर्जिङ नेपाल ८.४५, प्रभु स्मार्ट फण्ड ८.३०, उन्नति सहकार्य लघुवित्त ७.७४ र दोल्ती पावरको सेयर मूल्य ७.३७ प्रतिशतले बढेको छ । तर, विन नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । महुली लघुवित ५.३३, सबैको लघुवित्त ४.४२, समता लघुवित्त ४.४२ र बुद्धभूमि नेपाल हाइड्रोपावरको ३.९६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच