काठमाडौं । के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन ।
नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंक मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम ४ को खण्ड ३ को व्यवस्था बमोजिम परिवत्र्य विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई तोकिएअनुसार मात्रै डलर सटही सुविधा दिन भनिएको छ ।
केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पोडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच