अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामीहरुको वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् ।

ज्वरोका बिरामीले अस्पतालका शय्या भरिएपछि अन्य बिरामीलाई उपचार गर्नसमेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा. मुकेश झाले जानकारी दिनुभयो ।

अहिले दैनिक १५ देखि २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको उहाँले बताउनुभयो ।

अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले भन्नुभयो, “५० शय्याको अस्पतालका अधिकांश शय्या भाइरलका बिरामीले भरिएका छन् । अहिले अन्य उपचारको लागि आउने बिरामीलाई शय्यामा राखेर उपचार गर्न समस्या हुन थालेको छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?