बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख खनालको निधन

Read Time = 1 min

-चन्द्रकान्त खनाल

बुटवल । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । दमका बिरामी ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको हो ।

दम बढेपछि अस्पताल भर्ना गरिएकामा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का सचिव प्रजापाल गिरीले जानकारी दिनुभयाे ।

खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख बन्नुभएकाे थियाे । खनाल लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापति समेत रहनुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?