सम्पत्ति शुद्धीकरण मुद्दामा सोनिया गान्धीमाथि सोधपुछ हुँदै

Read Time = 2 mins

नयाँ दिल्ली । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष सोनिया गान्धी आज बिहीबार प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जाँदैछिन् ।

यसअघि सोही मुद्दामा राहुल गान्धी पटक पटक इडीमा उपस्थित भएका थिए । उनलाई त्यहाँ घन्टौंसम्म सोधपुछ गरिएको थियो । यसअघि सोनियालाई राहुलसँगै सोधपुछ गर्ने तयारी गरिएको थियो । तर, उक्त समयमा सोनियालाई बिरामी भएर अस्तपाल भर्ना गरिएको थियो । कोभिडबाट भर्ना भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् । आफ्ना नेताविरुद्धका आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको कंग्रेसले आरोप लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन् ।
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?