सदस्य-सचिव र कतार राजदूतबीच भेट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच भेटवार्ता भएको छ । भेटवार्ता त्रिपुरेश्वरस्थित सदस्य-सचिव घिसिङको कार्यकक्षमा भएको हो ।

भेटका अवसरमा सदस्य-सचिव घिसिङले राजदूत युसुफ खेलकुदप्रेमी भएको थाहा पाउँदा खुसी लागेको बताउँदै कतारमा हुने विश्वकपको पूर्वसन्ध्यामा नेपालस्थित दूतावाससँग समन्वय गर्दै राखेप, अखिल नेपाल फुटबल संघ र नेपाल ओलम्पिक कमिटी मिलेर कार्यक्रम आयोजना गर्ने सोच रहेको बताउनुभयो । राजदूत युसुफले सदस्य-सचिव घिसिङको शुभेच्छाप्रति आभार प्रकट गर्दै नेपाली खेलकुदको विकासका लागि जी टु जीमार्फत् प्रस्ताव गरे आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजदूत युसुफले मायाको चिनोस्वरूप सदस्य-सचिव घिसिङलाई फुटबल उपहार दिनुभएको थियो । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?