ललिता निवास जग्गा प्रकरण: पक्राउ परेकालाई सरकारी वकिलको कार्यालय लगियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं लगिएको छ ।
बुधवार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं लगेको हो । व्यवसायी मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहलगायतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पु¥याएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । सरकारी लिखित कीर्तेको विषय भएकाले कानूनी प्रक्रिया अरु मुद्दा सरह नै चल्ने सरकारी वकील कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्योपानेले बताउनु भयो ।

उहाँले अनुसन्धानको क्रममा कसुरदार देखिएमा हिरासतमा राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारी सम्पती किर्तेको विषयमा अनुसन्धानको कुरा हो । कानूनी प्रक्रिया अरु मुद्दा सरह नै हुन्छ । अनुसन्धानको क्रममा कसुरदार वा संकित देखिएमा हिरासतमा राख्ने, वा हिरासत बाहिर राखेर अनुसन्धान गर्ने हुन्छ ।’

अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सिआईबीको हिरासतमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?