कैलालीको गोदावरी धाममा मकरमेला

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

धनगढी । धार्मिकरूपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाममा बाह्रराशि दर्शन मकरमेला सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उक्त मकरमेलाको शुभारम्भ गर्नुभएको थियो ।

मेलाका अवसरमा बाह्रराशि नवग्रह, २७ नक्षत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराण पारायण, ग्रहपूजा, ग्रहशान्ति, भजनकीर्तन, प्रवचन आदि हुने आयोजक गोदावरीधाम विकास समितिले जनाएको छ । बाह्रराशि दर्शन मकरमेला स्नान गर्नेहरूको कैलालीको गोदावरी धाममा घुइँचो लागेको छ । शनिबार रातीदेखि नै गोदावरीमा स्नान गर्ने श्रद्धालुहरू भक्तजनहरूको भिड लागेको थियो ।

गोदावरी धाम समितिले १२ राशि मकरमेला पनि लगाएको छ । स्नान गर्न गोदावरी धाममा कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरू र छिकेकी मुलुक भारतबाट समेत भक्तजनहरू आएका छन् ।

गोदावरीधाममा हरेक १२ वर्षमा कुम्भमेला, ६ वर्षमा अर्धकुम्भ र हरेक वर्ष मकरमेला लगाउने परिपाटीअनुसार यस वर्ष पनि मकरमेला लागेको हो । श्रद्धालु भक्तजनहरूले गोदावरीमा स्नान गर्नुका साथै शिव मन्दिरको दर्शनसमेत गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?