काठमाडौं । वरिष्ठ अभिनेता सरोज खनाल र कलाकार शिशिर भण्डारी अभिनित म्युजिक भिडियो ‘बुवाः एक कथा’ रिलिज गरिएको छ । शनिबार काठमाडौंमा आयोजित ‘नारायण बल्लभ फाउण्डेशन’को घोषणा समारोहबीच यस गीतको भिडियो रिलिज गरिएको हो ।
गीतमा ‘नारायण बल्लभ फाउण्डेशन’का अध्यक्ष नरेन्द्र बल्लभ पन्तको गीत, संगीत तथा स्वर छ । सुव्रत आचार्यको निर्देशनमा बनेको यस भिडियोमा खनाल र भण्डारीको साथमा एलिश खनाल, गीता थापा, बालकलाकार दियान गौतम, रोमन दंगाल लगायतको अभिनय छ । यो गीत ‘नारायण बल्लभ पन्त प्रतिष्ठान’द्वारा निर्माण भएको हो । गीतकार, संगीतकार तथा गायक नरेन्द्रले पिताको निधन भएको एक वर्षपछि पिताकै सम्झना र समर्पणस्वरूप यो गीत लेखेको बताउनुभयो ।
अभिनेता सरोज खनालले स्व.पन्तको भूमिकामा अभिनय गर्दा आफूलाई अत्यन्तै खुशी लागेको बताउनुभयो । खनालले कमै मात्रामा वास्तविक पात्रहरूमा अभिनय गर्न पाइने बताउँदै यस प्रकारको अभिनय सबैभन्दा गाह्रो रहेको रहेको जिकिर गरे । निर्देशक आचार्यले वास्तविक कथामा काम गर्नु आफैंमा चुनौती रहेको बताउनुभयो ।
नेपालको कानुन तथा न्यायको क्षेत्रमा विशिष्ट योगदान दिई वरिष्ठ अधिवक्ताको रूपमा सम्मानित, सहकारी संस्था, विभिन्न उद्योग व्यवसाय एवं धार्मिक गतिविधिमा संलग्न रही समाजसेवाका क्षेत्रमा योगदान दिएका स्व. नारायण बल्लभ पन्तको स्मृतिमा सुरु भएको ‘नारायण बल्लभ पन्त प्रतिष्ठान’को पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री तथा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्श नेपालका अध्यक्ष डा.राजेश काजी श्रेष्ठले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै श्रेष्ठले पिताको चाहना अनुसारको सामाजिक कार्य गर्नका लागि स्व. पन्तका सन्ततिलाई आफूले सोचेको भन्दा निकैमाथि पाएको बताउनुभयो ।
विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले सुरु भएको फाउण्डेशन उद्घाटनमा आर्थिक समस्याको कारण स्नातक तहको अध्ययनमा समस्या झेलिरहेकी सम्पन्नता विन्दुकारलाई रु.५१ हजार प्रदान गरिएको थियो । हालका लागि रु. दश लाखको अक्षयकोष स्थापना गरी फाउण्डेशनले काम सुरु गरेको हो । घोषणा कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल, सिटिजन्स बैंक इन्टरनेशनलका सिईओ गणेशराज पोखरेल लगायत उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच