आइक्यानमा नयाँ नेतृत्व

Read Time = 3 mins

काठमाडौं । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा भास्कर सिंह लाला र उपाध्यक्षमा सुजन कुमार काफ्ले निर्वाचित हुनुभएको छ । लाला निर्विरोध निर्वाचित हुनुभयो भने काफ्ले प्रतिद्वन्द्वी पियूष आनन्दलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । अध्यक्ष लाला यसअघि संस्थाको उपाध्यक्ष हुनुहुन्थ्यो ।

अध्यक्ष लाला र उपाध्यक्ष काफ्ले पद तथा गोपनीयता शपथ लिनुभएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष लालाले समग्र लेखा व्यवसायको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा २० वर्षभन्दा बढी आइक्यानमा रहेर काम गर्ने कर्मचारीलाई दीर्घसेवा पदकले सम्मानसमेत गरिएको थियो । संस्थामा सुरुवाती चरणदेखि नै महत्वपूर्ण भूमिका खेलेको भन्दै पूर्व-कार्यकारी निर्देशक लगायतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने संस्थालाई बेष्ट प्रिजेन्टेड अनुअल रिपोर्ट (बिपीए) अवार्डसमेत प्रदान गरिएको थियो । अबार्ड बैंकिङतर्फ सिद्धार्थ बैंकले पाएको छ भने मेगा बैंक र सनराइज बैंकले क्रमशः दोस्रो र तेस्रो अवार्ड आएका छन् । फाइनान्सियल क्षेत्रतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड मुक्तिनाथ विकास बैंकले पाएको छ भने ज्योति विकास बैंकले दोस्रो अवार्ड पाएको छ ।

इन्स्योरेन्सतर्फको अवार्ड सानिमा जनरल इन्स्योरेन्स र जनरल क्षेत्रतर्फ बोटलर्स नेपाल तराईले तेस्रो अवार्ड प्राप्त गरेको छ । जनरल क्षेत्रतर्फ दोस्रो स्थानको अवार्ड कर्जा सूचना केन्द्र पाएको छ भने बुटवल पावर कम्पनीले प्रथम अवार्ड प्राप्त गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?