एथलेटिक्स परिवारमा नयाँ कार्यसमिति

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एथलेटिक्स परिवार नेपालको पहिलो साधारणसभा सोमबार सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न साधारणसभाबाट अध्यक्षमा राजन खत्री निर्विरोध निर्वाचित हुनुभयो । यसैगरी, दीपककुमार रञ्जित वरिष्ठ उपाध्यक्ष, आशाराम गोठे, रमेश शाक्य र अनिरुद्रकुमार चौधरी उपाध्यक्ष चयन हुनुभयो ।

यसैगरी महिला सदस्यमा सपना आचार्य निर्विरोध हुनुभयो । सुन्दरकेशर कार्की सचिवमा निर्विरोध हुनुभयो । सरस्वती खड्का, अभिनारायण अधिकारी, संसारलाल वैद्य, रामकृष्ण महर्जन, देवी बस्नेत र प्रकाश राणा निर्विरोध निर्वाचित हुनुभयो ।

लगत्तै बसेको पहिलो बैठकले महासचिवमा मञ्जु श्रेष्ठलाई मनोनीत गरेको छ । महिला उपाध्यक्षमा राजकुमारी पाण्डे तथा कोषाध्यक्षमा सुष्मा पाण्डे मनोनीत हुनुभयो । यसैगरी दावा तामाङ, रमेश सुनार, सिद्धान्त अधिकारी सदस्यमा मनोनीत हुनुभयो । यासिरमाया चौधरी र सुनिताकुमारी योञ्जन लामा सदस्यमा मनोनीत हुनुभयो ।

बैठकले सल्लाहकारमा रघुराज वन्त, खड्गबहादुर रानाभाट, धर्मेन्द्रराज शाक्य र शान्ति गुरुङलाई मनोनयन गरेको छ भने सुशिलनरसिंह राणा, सुनिल राजवंशी, मोहन नेपाल, सञ्जीव तुलाधर, ध्रुुवविक्रम मल्ल र ऋषि भण्डारीलाई सल्लाहकारमा निरन्तरता दिएको छ । कानुनी सल्लाहकारमा बाबुकृष्ण महर्जन र प्राविधिक प्रमुखमा मुख्य एथलेटिक्स प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहनुभएको छ ।

साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य नन्दा बस्यालले गर्नुभएको थियो भने कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, जितबहादुर केसी, सुशिलनरसिंह राणा, रघुराज वन्त, बुद्धवीर लामा, ध्रुुवविक्रम मल्ल, ऋषि भण्डारी, चन्द्रबहादुर गुरुङ, बाबुकृष्ण महर्जनलगायत व्यक्तित्वहरूको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?