गुजरातमा विषाक्त रक्सी पिउँदा २८ जनाको मृत्यु, ५० भन्दा बढी अस्पतालमा भर्ना

हिमालय टाइम्स
Read Time = 2 mins

गान्धीनगर । भारतको गुजरातमा विषाक्त रक्सी पिउँदा २८ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी अस्पतालमा भर्ना भएका छन् । गुजरातको बोटाद जिल्लामा नक्कली मदिरा सेवनबाट २८ जनाको मृत्यु भएको हो छ भने ५० भन्दा बढी अस्पतालमा भर्ना भएका छन् । प्रहरीले हत्याको मुद्दा दर्ता गरेको छ । एफआईआरमा १४ जनाको नाम छ ।

प्रहरीले घटनामा संलग्न भनिएका लगभग सबै अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गाउँका बासिन्दाले सिधै पानीमा केमिकल मिसाएर पिएका थिए । एफएसएलको प्रतिवेदनमा पनि यो कुरा खुलेको छ । गाउँका जनताले सेवन गरेको रक्सीमा ९८ प्रतिशतभन्दा बढी मिथाइल भेटिएको छ ।

अभियुक्तले मदिरा बिक्री नगरी मदिराको नाममा केमिकलका पाउच बनाएर सिधै जनतालाई बेच्ने गरेको प्रहरीले जनाएको छ । यो सम्पूर्ण षडयन्त्र तीन तहमा रचिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इमोस कम्पनी मिथाइलको व्यवसायसँग सम्बन्धित छ । इमोस कम्पनीका गोदाम प्रबन्धक जयेश उर्फ राजुको संदिग्ध भूमिका रहेको बताइएको छ । राजुलाई प्रहरीले अहमदावादबाट नियन्त्रणमा लिएको छ । राजुले गोदामबाट केमिकल निकालेको बताइएको छ ।

प्रहरीका अनुसार जयेशले आफन्त सञ्जयलाई ६० हजारमा दुई सय लिटर मिथाइल दिएका थिए । त्यसपछि सञ्जय, पिन्टुलगायतले यो केमिकलबाट मदिरा नबनाएर मदिराको नाममा केमिकलको थैली सिधै जनतालाई दिए । यो केमिकल पिएर मानिसको मृत्यु हुने गरेको छ । एफएसएल रिपोर्ट आएपछि प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार सबैलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइनेछ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?