मदिरा आयात खुलाउन माग

Read Time = 2 mins

काठमाडौं । सरकारले मदिरा आयातमा प्रतिबन्ध लगाएकोमा मदिरा पैठारी संघले विरोध गरेको छ । मदिरा आयात रोक्दा हुने बचतभन्दा आतिथ्य सत्कार उद्योगमा परेको नकारात्मक असर बढी हुने भन्दै मदिरा आयात खुलाउन पनि माग गरेको छ । बजारमा मदिरा उपलब्धता कमीले होटल व्यवसायमा नै नकारात्मक प्रभाव पर्न थालेको संघको दाबी छ ।

संघका अनुसार मर्यादित मदिराजन्य पदार्थमा वार्षिक करिब एक करोड २० लाख अमेरिकी डलरमात्र खपत हुन्छ । जुन करिब एक अर्ब ५० करोड रुपैयाँमात्र हो । सरकारले मदिरा आयातबाट वार्षिक करिब तीन अर्ब ३० करोड राजस्व प्राप्त गर्दै आएकामा प्रतिबन्धले राजस्वमा समेत नकारात्मक असर पर्ने संघको भनाइ छ ।

पछिल्लो समय विदेशी बोतलबन्द मदिराको अवैध आयात र नक्कली मदिरासमेत बिक्री हुन थालेको बताइएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अनिल अग्रवालले सरकारले बोतलबन्द आयातित मदिराजन्य पदार्थबाट वार्षिक करिब तीन खर्ब ३० करोड राजस्व प्राप्त गर्ने बताउनुभयो ।

अध्यक्ष अग्रवालका अनुुसार विदेशी मदिरा औसत प्रतिलिटर १५ अमेरिकी डलरमा नेपाल भित्रिन्छ तर नेपाल आएका विभिन्न मुलुकका पर्यटकले खपत गर्दा करिब एक सय २० अमेरिकी डलर पुग्ने भएकाले मदिराबाटै विदेशी मुद्रा आर्जनमा योगदान पुगिरहेको छ । सरकारले यही साउन १ देखि लागू हुने गरी महँगा सवारीसाधन, मदिरा, सूर्तिजन्य तथा अन्य विलासी वस्तुको आयातमा ४५ दिनका लागि प्रतिबन्ध थप गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?