जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

हिमालय टाइम्स
Read Time = 1 min

बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा एकै घरका पाँच जना बिरामी भएका छन् । जंगलबाट मंगलबार टिपेर ल्याएको च्याउ खाँदा मेलौली नगरपालिका वडा नम्बर ५ का एकै घरका पाँच जना बिरामी परेका हुन् ।

बिरामी हुनेमा जिल्लाको मेलौली नगरपालिका-५ खलीगाडका १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनीया जोशी र चार वर्षीया दिव्या जोशी हुनुहुन्छ ।

बिरामी भएका उहाँहरूको अवस्था सुधार हुँदै गएको छ ।

जंगलबाट मंगलबार बिहान टिपेर ल्याएको च्याउ सबैले घरमै पकाएर खाएका थिए । च्याउ खाएको केहीबेरपछि सबै जनाले बान्ता गर्न थालेपछि अपरान्ह ५ बजे स्वास्थ्य केन्द्र लगिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?