पाकिस्तानको पन्जाब प्रान्तमा इमरान खान नेतृत्व पार्टीको सरकार बनाउन सर्वोच्चको आदेश

हिमालय टाइम्स
Read Time = 1 min

लाहोर । पाकिस्तानको पन्जाब प्रान्तमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईको नेतृत्वको सरकार बनाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चले गएराति पन्जाब प्रान्तमा पीटीआईका मुख्यमन्त्रीका प्रत्यासीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्न आदेश दिएको हो ।

यदि प्रदेश प्रमुखले यस्तो गर्न नमानेमा राष्ट्रपतिबाट मुख्यमन्त्री नियुक्त गर्न पनि सर्वोच्च अदालतले भनेको छ ।

यसै महिनाको १७ तारिखमा पाकिस्तानको पन्जाबमा भएको उपचुनावमा इमरान खान नेतृत्वको पार्टी तहरिक(ए(इन्साफ (पीटीआई) ले शानदार जित हासिल गरेको थियो । पीटीआईले २० मध्ये १५ सिट जितेको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?