काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी-आस्वा शुल्क घटाउने तयारी गरेको छ । सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी-आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ ।
सेबोनले सी-आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ ।
अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सी-आस्वा सेवा प्रदान गर्दै आएका छन् भने बाँकी १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी-आस्वा शुल्क उठाउँदै आएका छन् । लामो समयदेखि लगानीकर्ताहरुले सी-आस्वा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच