टाटा नेक्सन इभीको एक वर्ष

Read Time = 2 mins

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा नेक्सन इभीको नेपाली बजारमा बिक्री सुरु गरेको एक वर्ष पूरा गरेको छ । इभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सले गरेको हो । नेपालमा विद्युतीय गाडी नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन इभी नेपालमा ल्याएकोमा एक वर्षको छोटो अवधिमै एक लोकप्रिय विद्युतीय गाडीका रूपमा स्थापित हुन सफल भएको कम्पनीको दाबी छ ।

सफलताको प्रमुख कारण आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता, द्रुत चार्जिङ क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषता भएको बताइएको छ । फास्ट चार्जिङ र स्लो चार्जिङ दुवैका लागि चार्जिङ स्टेसनको बृहत् सञ्जाल एवं अत्याधुनिक सुविधासम्पन्न सेवा केन्द्रका कारण पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको कम्पनीको भनाइ छ ।

गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चार्जिङ एप ‘इजी’ एपमार्फत् चार्ज गर्न सकिनछ । जुन एपको प्रयोग हाल एक हजारभन्दा बढी परिवारले गरिरहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । दक्ष कर्मचारी एवं भौतिक संसाधनकोे प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको जनाएको छ ।

१६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्जाल रहेको र हालसम्म होटल, अस्पताल, बैंक, मल र रेस्टुरेन्टलगायतका सार्वजनिक स्थानमा एक सय २० भन्दा बढी एसी चार्जर जडान गरिएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?