उत्तमको निर्देशनमा ‘चौतारीमा लर्के बर…’

Read Time = 2 mins

काठमाडौं । अम्बिका बस्नेत र रामकुमार नेपालीको स्वरमा रहेको तीज गीत ‘चौतारीमा लर्के बर...’ सार्वजनिक भएको छ । अम्बिकाकै शब्द, शारदा रसाइलीको लय र नारायण दंगालको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

वरिष्ठ कलाकार उत्तम केसी नेपालको निर्देशन रहेको गीतको भिडियोमा शोभा त्रिपाठी, निक शर्मा, विपना बस्नेत र देवराज बस्नेतको अभिनय तथा नृत्य छ । निरेन श्रेष्ठको नृत्य निर्देशन रहेको भिडियोलाई देवराज बस्नेतले निर्माण गर्नुभएको हो ।

राम केसीको छायांकन रहेको भिडियोमा राजकुमार मगरको सम्पादन छ । ब्राण्ड यु पिक्चर्सको उत्पादन रहेको भिडियो चुईचुई पारेर युट्युबमार्फत सार्वजनिक गरिएको हो । ‘एउटा मौलिक तीज गीत श्रोता/दर्शकमाझ पस्किने जमर्को गरेको र भिडियो पनि त्यसैनुसार निर्माण गरेको छौं’, निर्देशक केसीले भन्नुभयो, ‘सबैको मिहिनेतबाट मौलिक तीज गीत बनेको र त्यसै अनुसारको भिडियो निर्माण गर्ने कोसिस गरिएको छ ।’ गीत र भिडियोले श्रोता/दर्शकको मन जित्नेमा आफूहरू आशावादी रहेको उहाँले सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?