हिरासतमा रहेकी युवतीमाथि बलात्कार प्रयास, असईमाथि छानबिन शुरु

Read Time = 4 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको हिरासतमा रहेकी एक युवतीमाथि बलात्कार प्रयास भएको छ । बहुविवाह मुद्दामा एकसाता अघि पक्राउ परेकी युवतीमाथि सोधपुछको नाममा बलात्कार प्रयास भएको हो ।

इप्रकामा कार्यरत असई प्रविण चौलागाईले ती युवतीमाथि राति २ बजेतिर सोधपुछ गर्ने भन्दै एकान्त कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

प्रहरी अधिकृतबाटै थुनुवामाथि बलात्कार जस्तो जघन्य अपराध गरेको आरोप लागेपछि चौलागाईँलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर नवचन्द्र मल्लका अनुसार हिरासतमा रहेकी पीडित युवतीमाथि असई चौलागाईँले बलात्कार प्रयास गरेको आरोप लागेकाे हाे । उनीमाथि अनुसन्धान सुरु भएको उहाँले बताउनुभयो । ‘यो घटना राति २ बजे भएको देखिन्छ । यस विषयमा हामी अनुसन्धान गर्दैछौ । पीडकलाई नियन्त्रणमा लिइएको छ ।’ उहाँले भन्नुभयो । पीडित पक्षका अभिभावकले पीडक भनिएका चौलागाईँ विरुद्ध मुद्धा दायर गरे भने थप प्रक्रिया अघि बढ्छ ।

पीडितका श्रीमानले भने आफ्नो श्रीमतीलाई रातिको समयमा सोधपुछका नाममा कोठामा बोलाइएको दाबी गरेका छन् ।

उनले भने, ‘मेरो श्रीमतीलाई राति बोलाइयो । रातिको समयमा किन बोलाइएको हो ? त्यहाँ पाँच मिनेटसम्म बसेकी थिइन् । फर्किदा भने मलिन अनुहारमा आएकी थिइन् ।चौलागाईको व्यवहार शंकाष्पद छ । उनीमाथि कारबाही हुनुपर्छ ।’

पीडित युवतीले पनि आफूलाई चौलागाईँले रातिको समयमा कोठामा बोलाएको स्वीकार गरिन् ।

प्रहरी स्रोत भन्छ- चौलागाईँ राति २ बजेतिर मदिरा सेवन गरेर आएका थिए । उनले निज पीडित युवतीलाई बोलाएर बलात्कार प्रयास गरेको हुनसक्छ ।

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बलात्कार गरेको आरोप लागेपछि असई चौलागाईलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । ‘पीडित भनिएकी महिलालाई जाहेरी दिन भनेका छौं। उहाँको जाहेरी आएपछि के भएको हो भन्ने विस्तृत अनुसन्धान सुरु हुन्छ’, एसपी अधिकारीले भन्नुभयो । असई चौलागाईले बिहीबार राति पक्राउ परेकी ती महिलालाई मुद्दाको बारेमा सोधपुछ गर्नुछ भन्दै हिरासतबाट निकालेर माथिल्लो कोठामा पु¥याएर बलात्कार गरेको पीडित महिलाको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?