शाओमीको रेड्मी १० ए स्मार्टफोन नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । शाओमीले रेड्मी १० ए नेपाली बजारमा ल्याएको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम् उपकरण रेड्मी १० ए प्रयोगकर्ताको उत्पादकता बढाउन समर्पित रहेको कम्पनीको दाबी छ ।

नयाँ स्मार्टफोन सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘टेक्नोलोजीका सन्दर्भमा शाओमीले आफ्नो सीमा फराकिलो पार्दै स्मार्टफोनको विस्तृत दायराका साथ औद्योगिक बेन्चमार्क पार गरेको छ । ग्राहकको रेड्मीप्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्ड स्थापित गरी रेड्मी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ ।’ कम्पनीका अनुसार यसमा रहेको १४ एमपी मेन क्यामेरा र दुई एमपी डेप्थ क्यामेरा सेन्सरले प्रयोगकर्तालाई सोचे जस्तै फोटो खिच्न र यादगार पल सहजरूपमा रेकर्ड गर्न मद्दत गर्छ । रेड्मी १० एको मूल्य १३ हजार नौ सय ९९ सयदेखि १५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?