नेपाललाई दुई मैत्रीपूर्ण खेलको प्रस्ताव

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसियाली राष्ट्र ब्रुनाई दारुस्सलमको फुटबल संघले नेपाली राष्ट्रिय फुटबल टोलीलाई अर्को महिना दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको छ । ब्रुनाईले आफ्नो नयाँ रंगशालाको उद्घाटनका अवसरमा नेपाल र लाओसलाई आमन्त्रण गर्दै त्रिदेशीय फुटबल सिरिज आयोजना गर्ने प्रस्ताव पठाएको हो ।

बु्रनाईको प्रस्तावअनुसार असोज ५ गते लाओस र नेपालको खेल, असोज ८ गते बु्रनाई र नेपाल तथा असोज ११ गते बु्रनाई र लाओसको खेल गर्ने तालिका छ । आयोजक राष्ट्र बु्रनाईले स्थानीय बसोबास, खानपिन र आवतजावतको सम्पूर्ण खर्च बेहोर्ने बताएको छ ।

मैत्रीपूर्ण खेलका लागि एक साताअघि नै प्रस्ताव आएको र एन्फाले हालसम्म यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएपछि दोस्रो कार्यसमिति बैठकसमेत बस्न सकेको छैन । एन्फाभित्रकै स्वार्थी समूहका कारण दुईपटक बैठक स्थगित भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?