डडेल्धुरा । डडेल्धुरा जिल्लाका माध्यमिक तहका शिक्षालयहरुमा वित्तियसाक्षरता कार्यक्रम संचालन भएको छ ।
बिफक्याप संस्थाको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, नबिल बै.क, महालक्ष्मी बैंक, एनएमबि बैंक, प्रभु बैंक, छिमेक लघुबित्त बित्तिय संस्था, एनएमबि लघुबित्त बित्तिय संस्थाको प्रायोजनमा जिल्लाको अमरगढी नगरपालिका अन्तर्गत ५ देखि १२ कक्षा सम्मका बिद्यार्थीहरुलाई बिद्यालयमै बित्तिय साक्षरता सम्बन्धि बिभिन्न विषयमा अभिमुखिकरण गरिएको हो ।
विद्यार्थीहरुलाई बैंक तथा वित्तिय संस्थाको ईतिहास, नेपालमा बित्तिय संस्थाहरु बैंक तथा बित्तिय संस्थाका वर्ग, कार्यक्षेत्र र बित्तिय संस्थाले प्रदान गर्ने सेवासुबिधाहरु, बित्तिय कारोबारका फाईदा तथा जोखिम र साबधानीहरु, सम्पति शुद्धिकरण, वीमा, व्यवसाय, डिजिटल बैंकिङ सुबिधिाहरु, लगानी र ठगीबाट हुन सक्ने समस्याहरुको समाधान लगायत बिबिध विषयमा सिकाई बुझाईका बारेमा जानकारी गराईएको हो ।
यस्तै बित्तिय क्षेत्रमा विकसित भईरहेको सूचना प्रबिधिको विकास र आम जनताको पहुँच तथा साबधानी, कर्जाका प्रकारहरु, ऋणिको दायित्व, ब्याज तथा बित्तिय अनुशासनका बारेमा पनि अन्तरक्रियात्मक साक्षरता कार्यक्रमबाट माध्यमिक तहका बिद्यार्थीहरु लाभान्वित भएका हुन ।
पहिलो पटक संचालन भएको सप्ताहव्यापी बित्तिय साक्षरता कार्यक्रम जिल्लाको अमरगढी नगरपालिका अन्र्तगत रहेका महेन्द्र माध्यमिक बिद्यालय, सहश्रलिंग माध्यमिक बिद्यालय, घटाल माध्यमिक बिद्यालय, उग्रतारा माध्यमिक विद्यालय, भागेश्वर माध्यमिक बिद्यालय, बैजनाथ माध्यमिक बिद्यालय गरि सरकारी तथा भिमदत्त बहुमुखि क्याम्पस (सामुदायिक) गरि ७ बिद्यालयमा स्थानीय बिद्यालयहरुको व्यवस्थापनमा संचालन भएको बित्तिय साक्षरता कार्यक्रमले बैंकको पहुँचमा नरहेका आम नागरिकलाई विद्यार्थी मार्फत अभिभावकलाई र भविष्यमा स्वयं विद्यार्थीलाई पनि जागरुक बनाई कारोबार गर्न सहज भएको मात्र छैन बित्तिय ज्ञान अभिबृद्धि पनि भएको छ ।
बित्तिय क्षेत्रका बिबिध प्रयोग तथा सन्देश र सूचनामूलक कार्यक्रमले बित्तिय संस्था कारोबारमा आएका बिबिध समस्याहरुको समाधान सहित अपनाउनु पर्ने साबधानीको ज्ञानबाट सेवा प्रदायक र लाभग्राही बिचको सम्बन्ध अभिबृद्धिसँगै समग्र बित्तिय क्षेत्रमा सुधार हुने विश्वास गरिएको छ ।
बित्तिय साक्षरता कार्यक्रमको प्रशिक्षण बित्तिय संस्था विज्ञ तथा निबृत बैंकर्श अभयराज शर्मा, व्यवस्थापन तथा सहजिकरण स्किल बेष्ट संस्थाका कार्यकारी अध्यक्ष पृथ्बीनारायण श्रेष्ठ र स्थानीय समन्वय अमरगढी नगरपालिकाका प्राबिधिक सब–ईन्जिनियर जनक रोश्याराले गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच