काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंबाट भएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । मेकानिकल इन्जिनियर दीपक बम र बिचौलिया नीरक शाहीले घुस लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेषले गत जेठ २६ गते सफाइ दिएको थियो ।
विशेष अदालतबाट भएको उक्त फैसला चित्त नबुझी सोमवार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमेरेले जानकारी दिनुभयो । उहाँका अनुसार मेकानिकल इन्जिनियर बमले तीन हजार रुपैयाँ र बिचौलिया शाहीले १० हजार ३६० रुपैयाँ घुस लिएको आरोपमा आयोगले विशेषमा मुद्दा दायर गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरूमथि कैद र जरिवाना हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच