सातदोबाटोमा कलाकार भर्सेस नेता मैत्रीपूर्ण फुटबल खेल (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय युवा संघले कलाकार भर्सेस नेताबीच मैत्रीपूर्ण खेलको आयोजना गरेको छ ।

केपी ओली कप २०७९’ राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी स्वरुप आज नेकपा (एमाले)का नेतासहित विभिन्न राजनीतिक दलकाशीर्ष नेता एवं नेपालका वरिष्ठ कलाकारबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो ।

त्यसअघि संघले आज कलाकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेलाएको हो ।

बुधबार ललिपुरको सातदोबाटोस्थित एन्फा मैदानमा राजनीतिक दलका नेता र कलाकारहरुबीच फुटबल खेलमा प्रतिस्पर्धा भएको हो ।

राजनीतिक नेताहरुको तर्फबाट एमाले महासचिव शंकर पोखरेलले कप्तानी गर्नुभएको थियो भने कलाकारको पक्षबाट धिरेन शाक्यले कप्तानी गर्नुभएको थियो ।

उक्त खेलमा धिरेन शाक्य, जितु नेपाल, रचना रिमालसम्मका कलाकारको उपस्थिति थियो भने राजनीतिकर्मीबा६ एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेतलगायतका उपस्थित थियो ।

आगमी ११ फागुन देखि हुन लागेको केपी ओली कप राष्ट्रिय च्याम्पियनसीप आयोजनाको पुर्वसन्ध्यामा संघले कलाकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेलाएको हो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?