खोटाङ भूकम्पः केही घरमा क्षति, विवरण संकलन जारी

हिमालय टाइम्स
Read Time = 1 min

खोटाङ । खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ ।

हालसम्म जनधनको क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिनुभयो । मात्तिमविर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको जानकारी आएको वडाध्यक्ष जीवन न्यौपानेले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गर्नुभएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले बताउनुभयो ।

भूकम्पका कारण स्थानीय अत्तालिँदै घर बाहिर निस्केका थिए ।

आइतबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?