दुई पटक स्थगित एन्फा कार्यसमिति बैठक २६ गतेलाई बोलाइयो

Read Time = 1 min

काठमाडौं । दोस्रो पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २६ साउनमा बोलाइएको छ । पछिल्लो समय भागबन्डा नमिलेपछि स्थगित हुँदै आएको बैठक तेस्रो पटकसमेत विभिन्न पदाधिकारी नियुक्तिमै रहनेछ । एन्फा स्रोतका अनुसार अघिल्लो १९ एजेन्डामै बैठक हुने बताइएको छ ।

पंकजबिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएपछी तेस्रो पटकलाई कार्यसमिति बैठक बोलाइएको हो । तर, दुबै बैठक स्थगित भएका थिए ।

गत २ साउनमा बोलाइएको पहिलो बैठकमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि स्थगित भएको थियो । यस्तै, ४ साउनमा बोलाइएको बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भएको थियो । तर, नियुक्तिका बिषयमा कुरा नमिल्दा बैठक रोकिएको थियो ।

बैठक एजेन्डामा बिबादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी ९ सिइओ, प्रवक्ता, उपमहासचिब, तीन सहमहासचिब, मानार्थ अध्यक्ष० नियुक्ति रहेको छ । यस्तै, सहिद स्मारक लिगलगायत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?