साउन २६ गतेका लागि बोलाइयो एन्फा कार्यसमिति बैठक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दोस्रोपटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २६ साउनमा बोलाइएको छ । पछिल्लो समय भागबण्डा नमिलेपछि स्थगित हुँदै आएको बैठक तेस्रोपटकसमेत विभिन्न पदाधिकारी नियुक्तिमै केन्द्रित रहनेछ । एन्फा स्रोतका अनुसार अघिल्लो १९ एजेन्डामै बैठक हुने बताइएको छ ।

पंकजविक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएपछि तेस्रोपटकलाई कार्यसमिति बैठक बोलाइएको हो । तर, दुवै बैठक स्थगित भएका थिए । गत २ साउनमा बोलाइएको पहिलो बैठकमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि स्थगित भएको थियो । यस्तै, ४ साउनमा बोलाइएको बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भएको थियो । तर, नियुक्तिका विषयमा कुरा नमिल्दा बैठक रोकिएको थियो ।

बैठक एजेन्डामा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी (सिइओ, प्रवक्ता, उपमहासचिव, तीन सहमहासचिव, मानार्थ अध्यक्ष) नियुक्ति रहेको छ । यस्तै, शहीद स्मारक लिगलगायत एजेन्डा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?