‘द गड अफ स्मलथिङ्स’ र ‘ओभरकोट’ मञ्चन

Read Time = 3 mins

काठमाडौं । राजधानीमा ‘द गड अफ स्मलथिङ्स’ र ‘ओभरकोट’नाटक मञ्चन भएको छ । पेप्सिकोलामा अवस्थित पाणिनी स्कुलका विद्यार्थीहरूले यी नाटक मञ्चन गरेका हुन् । निकोलाई गोग्गोलद्वारा लिखित ओभरकोटको कथालाई प्रवीण खड्गीले नाटकमा रूपान्तरण गर्नुभएको हो । जसलाई प्रदीप खड्गीले निर्देशन गर्नु भएको हो ।

शनिबार एक दिनमात्र मञ्चन भएको यो नाटकमा एक गरिब मान्छेको कथा वरिपरी घुमाइएको थियो । नाटकमा गरिब मूलका अकाकी पात्रले कोट किन्न नसक्दाको अवस्था र किनेपछिको परिणामलाई देखाउन खोजिएको छ । यो नाटकमा आर्थिक कमजोर भएको अकाकीलाई कोट लगाउन मनपर्छ । तर, ऊ सँग कोट किन्न कहिलै पैसा हुँदैन । पैसाको अभावका बीच उसको कोट लगाउने इच्छा कहिलै मर्दैन । उनले बल्लबल्ल एउटा कोटको कपडा किन्छ । तर, सिलाउनग पैसा हुँदैन । पैसाको अभावै अभावमा गुग्रिएको अकाकीले कोट सिलाउनका लागि ट्रेलरमा दिन्छ ।

उनलाई ट्रेलरका मालिक पित्रुबिजले उसका लागि राम्रो कोट सिलाइदिन्छ । उसले कोट सिलाएको रात नै उसकोे कोट लुटिन्छ र अकाकीलाई पनि कुटिइन्छ । उसको कुटाई कै कारण प्राण जान्छ । यो नाटकले दर्शकलाई निकै भावुक बनाएको थियो । निर्देशक खड्गीले स्कुलका विद्यार्थीलाई इच्छा चाहना पूरा गर्न यो नाटकले मिहिनेत गर्न सन्देश दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफूले चाहेको कुरा पूरा गर्न समय लाग्छ तर, संघर्ष गर्नुपर्छ भन्ने सन्देश दिनेछ र बालबालिकामा परिवर्तन आउने छ भन्ने विश्वास लिएको छु ।’

यस नाटकमा सुशान्त बस्नेत, सम्राट खनाल, अशिष्मा भट्टराई, अपेक्षाकार्की, प्राप्तिशर्मा, उज्ज्वल बस्नेत, सम्भव पराजुली, अभि दंगाल, इशानी खनाल, सम्मृद्धि गौमत, रिजन खड्का, आरोग्य अधिकारी, मायक ढुंगेलले अभिनय गर्नु भएको छ । त्यसैगरी शनिबारै यही समूहले अरुन्धत्ती रोयद्वारा लिखित ‘द गड अफ स्मलथिङ्स’ कथामा नाटक मञ्चन गरेका छन् । ‘ओभरकोट’ नाटक मञ्चन पछि यो नाटक देखाइएको थियो । यो नाटकमा मान्छेहरूबीच जात, धर्म र राजनीतिले कसरी विभेद गर्दछ भन्ने भाव प्रस्तुत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?