दुई वटा संसदीय समितिको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम यस समितिको सभापतिको रिक्त पदको निर्वाचन तथा समितिमा मनोनित भई आउनुभएका नयाँसदस्यहरुको स्वागत कार्यक्रम रहेको छ ।

त्यस्तै दिउँसो २ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको सभापतिको निर्वाचन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?