डीआर उपाध्यायलाई दीर्घ साधना सम्मान

Read Time = 1 min

काठमाडौं । साहित्य सरोवर मिडिया प्रालिको आयोजनामा सम्पन्नभएको नेशनल आर्टिष्ट अवार्ड समारोह गीतकार डा.डीआर उपाध्यायलाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । काठमाडौंको प्रज्ञाभवन कमलादीको सिद्धिचरण हलमा सम्पन्नभएको समारोहमा उहाँलाई दीर्घ साधनाअर्पण गरिएको हो ।

उहाँलाई एक लाख नगद राशिसहित सम्मानगरिएको थियो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि सांसद तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदान गर्नु भएको थियो । यस्तै समारोहमा मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड विजेतालाई वितरण गरिएको थियो । सो समारोहमा ४० जना विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?