अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्छः चीन

हिमालय टाइम्स
Read Time = 1 min

ताइपेय । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पोलोसीको चीन भ्रमणलाई लिएर कूटनीतिक विवाद बढेको छ । पेलोसीको भ्रमणको विरोधमा चीनले अमेरिकी राजदूतलाई बोलाएको छ ।

चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार अमेरिकी राजदूत निकोलस बन्र्ससँगको कुराकानीको क्रममा उप–विदेशमन्त्री झी फेङले पेलोसीको भ्रमणकोे कडा विरोध गरेका थिए ।

‘यो कदम प्रकृतिमा अत्यन्तै डरलाग्दो छ र परिणामहरू अत्यन्त गम्भीर छन्’ उनले भनेका छन् ।

अमेरिकाले ‘आफ्नो गल्तीको मूल्य आफै तिर्ने’ र वासिंगटनलाई तत्काल आफ्ना गल्तीहरूलाई सम्बोधन गर्न’ उनले चेतावनी दिएको सिन्ह्वाले रिपोर्ट गरेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?