काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादित अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै तारे होटलमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गर्नुभएको छ । होटल संघ नेपाल(हान)ले स्थापना दिवसका अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मंगलबार आयोजित कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिसमेत विश्वमा प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै ग्राहकको रूचि र चाहनाअनुसारको खाद्यान्न होटल व्यवसायी आफैंले कृषि फार्म स्थापना गरेर उत्पादन वा किसान स्वयंलाई पर्यटक र ग्राहकको रूचिअनुसारको खाद्यान्न उत्पादन गर्न प्रेरित गर्दै व्यवसायीले किसानसँग सम्झौता गरेर ‘फार्म टु प्लेट’ को अवधारणा अघि बढाउन सुझाव दिनुभयो । उहाँले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्म जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमा अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको पनि बताउनुभयो ।
राष्ट्रपतिले होटल व्यवसायी आफैंले कृषि फर्ममा उत्पादन वा किसानलाई नै पर्यटकको रूचिअनुसारको खाद्यान्न उत्पादन गर्न प्रेरित गर्दै किसानसँग सम्झौता गरेर ‘फार्म टु प्लेट’ को अवधारणा अघि बढाउन सुझाव दिनुभएको हो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत् राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु ।’
उहाँले पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्य विकास र समृद्धि भएको उल्लेख गर्दै मुलुकको पर्यटन सफल तुल्याउन पूर्वाधारका काम भइरहेको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिका आधारका रूपमा स्थापित गर्नुपर्दछ । यस वर्ष १० लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ ।’
उहाँले नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा आई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न कठिन नहुने भन्दै पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातितरूपमा बढिरहेकाले पर्यटकीय गन्तव्यमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकललेन, निःशुल्क इन्टरनेटलगायतका आधारभूत सुविधा उपलब्ध गराउँदा प्रभाव थप बढ्ने बताउनुभयो ।
पर्यटन उद्योगको आधारस्तम्भका रूपमा रहेको होटल क्षेत्रलाई अन्य मुलुकसरह प्राथमिकता प्राप्त उद्योगको सेवा सुविधा प्रदान गरी निजी क्षेत्र र सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
मौलिक परिकार तथा स्थानीय उत्पादनको मेला
बसे पनि शहर, गाउँकै खाने रहर, स्वादका लागिभन्दा स्वास्थ्यका लागि खाऔँ भन्ने नाराका साथ काठमाडौं कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रालिद्वारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले जैविक विविधता दिवस तथा माघे संक्रान्तिका अवसरमा मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला सुरु गरेको छ । मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकार तथा स्थानीय उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धनको उद्देश्यले सुरु भएको मेला कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै कृषि उत्पादन वृद्धि गर्दै मौलिक तथा रैथाने उत्पादन जोगाउँदै जानुपर्ने आजको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मौलिक बजारले सात सय ५३ स्थानीय तहको कृषि तथा मौलिक उत्पादनको बजारीकरणका लागि सुरु गरेको प्रयास निकै राम्रो लाग्यो, यस्ता खालका अभियान तथा कार्य हामीले व्यापकरूपमा अघि बढाउनुपर्छ ।’
मन्त्री भुसालले कृषिजन्य वस्तु उत्पादन बढाउन छिट्टै कृषि ऐन ल्याउने तयारी भइरहेको समेत जानकारी दिनुभयो । डिग फर नेपालका अध्यक्ष नारायण सिग्देलले सरकारले कृषि उत्पादन बढाउन बाँझोरहित पालिका घोषणा गर्दै जानुपर्ने बताउनुभयो । कृषि प्रधान मुलुकमा खरानीदेखि गुन्दु्रकसमेत आयात बढ्दै जानु दुखद् भएको भन्दै उहाँले कृषि उत्पादन बढाउन विद्यालय तहदेखि नै विद्यार्र्थी परिचालन गर्दै जानुपर्नेमा जोड दिनुभयो । मौलिक बजार तथा मौलिक भान्छाघरका सञ्चालक सुमन दाहालले सरकारको सामान्य सहजीकरणले पनि सात सय ५३ वटै स्थानीय तहको उत्पादन ब्राण्डिङ गर्दै सबै पालिकामा खरिदबिक्री केन्द्र सञ्चालन गर्न सकिने बताउनुभयो । स्थानीय उत्पादन बजारीकरण र खपतका लागि हरेक पालिकाको क्यान्टिनमा मौलिक परिकारको मेनु सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो । नेपाल विद्यार्थी संघका अध्यक्ष दुर्जे शेर्पाले सरकारले कृषि र पर्यटनलाई जोड्दै आगामी दिनमा पाठ्यक्रमलाई जोड्ने हो भनेमात्र प्रभावकारी हुने बताउनुभयो ।
मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने मौलिक बजार तथा मौलिक भान्छाले माघ १ गतेदेखि ७ गतेसम्म दुई हजारभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्यसहित मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गरिएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच