काठमाडौं । राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच कन्ट्री पार्टनरसिप फ्रेमवर्कका विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे कन्ट्री पार्टनरसिप फ्रेमवर्कका विषयमा शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा छलफल भएको हो । सो अवसरमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंकलगायतका विकास साझेदारका कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो । विकासलाई नयाँ दिशामा लैजान सबै पुराना कार्यक्रमलाई निरन्तरता दिन नहुने उहाँको भनाइ थियो ।
उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘पुराना कतिपय सफल नभएका कार्यक्रम बन्द वा रि-स्ट्रक्चर गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रम डिजाइन गर्नुपर्छ । यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरिएको छ ।’
विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औँ योजना र विश्व बैंकको कन्ट्री पार्टनरसिप फ्रेमवर्कबीच तादात्म्यता मिलाउनुपर्ने बताउनुभयो । छलफलमा आयोगका उपाध्यक्ष श्रेष्ठसँगै सहसचिव महेश भट्टराईलगायतका अधिकारी सहभागी थिए भने विश्व बैंक समूह आइएफसीका वरिष्ठ अर्थविद् महिमा खान्ना, विश्व बैंककै दिगो विकास हेर्ने सेक्टर लिडर स्टेभ डान्यो, पूर्वअर्थसचिव रामेश्वर खनाललगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच